एसओएसका युवाहरुद्वारा सहयोग
भरतपुर । विश्वब्यापि कोरोना माहामारीका कारण दैनिक हात मुख जोर्न कठिन भएका व्यक्तिहरुलाई एसओएस बालग्राम भरतपुरमा हुर्केका युवाहरुले खाद्यान्न सहयोग गरेका छन् ।
एसओएस बालग्राम भरतपुरमा आफ्नो बाल्यकाल बिताएर हाल देश तथा विदेशमा उच्च शिक्षा हासिल गरिरहेका एवं आफ्नो पेशा तथा ब्यवसायमा आवद्ध भएका युवाहरुले एसओएस युवा क्लब मार्फत् आर्थिक संकलन गरि उक्त सहयोग प्रदान गरेका हुन् ।
बेवारिसे व्यवस्थापन शाखा चितवनको आयोजनामा नारायणगढको नारायणी नदिको किनारमा दैनिक ३५० जनाको हाराहारीमा कोरोना माहामारीको कारण दैनिक हात मूख जोर्न कठिन भएका व्यक्तिहरुलाई भोजनको व्यवस्था हुँदै आइरहेको छ ।
एसओएसका युवाहरुले उक्त कार्यक्रममा दुई दिनको भोजन पुग्नेगरी खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् । सो सहयोगले लगभग तीनसय पचास जनालाई दुई छाक खान पुग्ने भोजन व्यवस्थापन समितिकि कार्यक्रम संयोजक सीता कुंवरले जानकारी दिईन् ।
यही भदौ २४ र २५ गतेको भोजन कार्यक्रममा एसओएस का युवाहरुले स्वयंसेवकको भूमिकासमेत निभाएका थिए ।
यसै गरी भदौ २६ गतेका दिन रत्ननगर नगरपालिका वडा नं १२ सालघारीमा बिपन्न पाँच परिवारलाई पनि प्रति परिवार पाँच हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री वितरण गरियो ।
उक्त कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष बिर बहादुर पाख्रिनले सो सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि एसओएस बालग्रामसँग सामाजिक कार्यक्रममा हातेमालो गर्न चाहेको बताए ।
यसै गरी एसओएस युवालयका निर्देशक राजेन्द्र लम्सालले आगामि दिनहरुमा समेत कोरोना माहामारीको कारण अप्ठयारोमा परेका व्यक्तिहरुलाई सहयोग जारीरहने बताउनू भयो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















