6Shares

भरतपुर, भदौ २६
मञ्जुश्री असाह्य संरक्षण केन्द्रले छैटौ वार्षिक उत्सव मनाएको छ । भरतपुर महानरपालिका वडा नम्बर ११ गणेस्थानमा रहेको संस्थाले आफ्नै भवनमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिर्थी बागमी प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विकले असाह्य तथा अनाथ महिला बालबालिकाको न्याय दिलाउने उदेश्यले स्थापित संस्थाले मानविय काम गरेको बताउनु भयो । हिंसामा परेकाको रेखदेख र संरक्षण गर्नु आफैमा महान काम भएको भन्दै उहाँले छोटो समयमा नै संस्थाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्नसक्नु राम्रो भएको बताउनु भयो । सो अवसरमा प्रमुख सचिव विकले आफ्ना आमा बुबाको नाममा वर्षेनी गर्दै आउनु भएको सहयोग यस वर्ष मञ्जुश्रीलाई दिन पाउदा खुसी लागेको बताउनु भयो । सो अवसरमा संरक्षण गृहलाई पचास हजार रुपैया सहयोग गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिर्थी सिताराम कट्टेल धुर्मुसले दिन दुखीको सेवामा लाग्दा निकै आनन्द आउने बताउनु भयो । सत्र्कमले नै मानिषलाई समाजमा स्थापित गर्ने बताउनु भयो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका अतिर्थी मिन बहादुर कुवरले सरकारले गर्नुपर्ने काम एउटा व्यक्तिले गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । आउदा दिनमा सहकार्य गरेर अगाडी बढ्ने भन्दै उहाँले सो अवसरमा ६ हजार ६ सय रुपैया सहयोग गर्नु भएको थियो ।
संरक्षण गृहले अनाथ तथा असाह्य महिला तथा बालबालिकाहरुलाई संरक्षण, उद्धार र पुर्नमिलन गरउदै आएको सो अवसरमा संस्थाकी अध्यक्ष मञ्जु खाडले बताउनु भयो । संरक्षण गृहले अहिलसम्म दुई सय जनालाई पुर्नरमिलन गराउन सफल भएको छ भने हाल संस्थामा २२ जना बालबालिकाहरुले संरक्षण लिदै आएको सो अवसरमा अध्यक्ष खाँडले बताउनु भयो । संस्थाले छैटौ वार्षिक उत्सवको अवसर पारेर सात वटा प्रदेशमा गरेर बिस बटा जिल्लामा शाखा विस्तार गरेको समेत सो अवसरमा जानकारी दिईएको थियो । कार्यक्रममा संस्थाका बाल क्लवका अध्यक्ष प्रेम मञ्जुश्रीको अध्यक्षता रहेको थियो ।

6Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement