0Shares

२६ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सिटीईभिटीका प्रवक्ता अनोज भटट्ले जानकारी दिए ।

२६ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सिटीईभिटीका प्रवक्ता अनोज भट्टले जानकारी दिए ।

प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्दछ । तर कोर्स अनुसार न्यूनत्तम प्राप्तांक भने फरक फरक तोकिएका छन् ।

कुन विषय पढ्न कति जीपिए ?

प्रमाण पत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, डेन्टल हाइजिन, डाइनोस्टिक रेडियोग्राफी, सामान्य चिकित्सा आयुवेर्दा, अष्थाल्मिक विज्ञान, फिजियोथेरापी र डिप्लोमा इन फार्मेसीका लागि एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम ‘सी’ सहित जिपिए २ ल्याएको हुनुपर्दछ ।

डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्टि्रकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ, आर्कीटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोवाइल इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ, रेफ एण्ड एसी इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ र मेकाट्रोनिक्स इन्जिनियरिङका लागि भने एसएलसी वा एसईईमा कम्तिमा गणित र विज्ञानमा ‘सी’ र अंग्रेजीमा ‘डी’ ग्रेड ल्याउनु पर्दछ ।

डिप्लोमा तहकै एग्रिकल्चर (बाली विज्ञान वा पशु विज्ञान), फुड एण्ड डेरी टेक्नोलोजी र फरेस्ट्रीका लागि भने एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै दुईमा ‘सी’ र अर्को एक विषयमा ‘डी’ ग्रेड ल्याए पुग्छ ।

होटल म्यानेजमेन्ट, इन्टरपेनरसीप डेभलपमेन्ट र सोसियल वर्करमा डिप्लो गर्नका लागि एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी’ ग्रेड ल्याउनु पर्दछ ।

प्रमाण तह वा डिप्लोमा माथि उल्लेखित सबै कोर्सका लागि अक्षरांकन पद्धति लागू नभएको एसईई वा एसएलसीको हकमा न्यूनत्तम ४५ प्रतिशत अंक तथा परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने प्राविधिक एसएलसी गर्नेहरूले भने क्रमशः कुल पूर्णाङ्कको ६८.३३ प्रतिशत वा ६६.६७ प्रतिशत ल्याउनु पर्ने सिटीईभिटीले जनाएको छ ।

सात वटै प्रदेशका लागि सबै कोर्समा गरेर ३ हजार ६७ विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने सिटीईभिटीका प्रवक्ता भट्टराई बताउँछन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement