70Shares

पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई  प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् ।

सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेपछि अधिकारीले बामदेवका लागि संविधान संशोधन आवश्यक नरहेको बताएका हुन् ।

यसअघि पनि बामदेवलाई राष्ट्रिय सभामा लैजानका निम्ति प्रयास हुँदा विवाद र आलोचना भएको थियो । बामदेवकै ठाउँ खाली गर्न काठमाडौं-७ का एमाले सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएको भन्दै आलोचना भएको थियो । त्यसपछि कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाबामदेवको नाम आएको थियो । रवीन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा अन्तिमसम्म पनि बामदेवको चर्चा थियो । बामदेवले अस्वीकार गरेपछि रवीन्द्रपत्नी विद्या भट्टराईलाई टिकट दिइएको थियो ।

यस्तो छ कास्की क्षेत्र नम्बर १ को हिसाब

पूर्वएमाले र माओवादी एकीकरणपछि कास्की क्षेत्र नम्बर १ मा नेकपा बलियो छ । गत निर्वाचनमा अधिकारीले कांग्रेसका यज्ञ बहादुर थापालाई १४ हजार मतान्तरले हराएका थिए । अधिकारीले ३९ हजार २४२ मत पाए भने थापाले २५ हजार ८२६ मत ल्याएका थिए ।

नेकपा नेता अधिकारीले प्रतिनिधि सभामा निर्वाचन जित्दा यहाँका दुईवटै प्रदेश सभामा पनि नेकपाकै सांसद छन् । क्षेत्र नम्बर १ को ‘क’मा पूर्वमाओवादीबाट दीपक कोइराला र ‘ख’ मा पूर्वएमालेबाट मनबहादुर गुरुङ प्रदेश सांसद छन् ।#Source:Onlinekhabar

 

70Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement