प्रचण्डलाई गाली गर्दा पत्रकार पक्राउ
साइबर क्राइमको अभियोग
काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक आज विहान पक्राउ परेका छन् ।
केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । उनीमाथि साइबर क्राइमको अभियोग छ ।
पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन ।
अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।
काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।
मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।
काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रष्ठले पाठकका विरुद्ध उजुरी परेको, आचारसंहिताबारे अध्ययन गरेको जनाउँदै बाँकी कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिए ।
‘साइबर क्राइमको अनुसन्धान र कारवाही गर्ने काम हाम्रो होइन । हामीले यो विषय आवश्यक कारवाहीका लागि सञ्चार मन्त्रालयमा पठाएका हौं, श्रेष्ठले बताए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















