46Shares

कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।

केहीबेर अघि हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ । खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड  फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

नेपाली काँग्रेस चितवने भरतपुर कोरोना अस्पतालमा भएको चोरी प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बन गरी कारवाही गर्न माग गरेको छ ।

कोरोना नियन्त्रण कार्यदल भरतपुरका सदस्य सचिव डा। भोजराज अधिकारीले कोरोना अस्पतालमा चोरी भएको नभई कार्यदलको स्टोरसम्म सामान ओसारपसार गरिएको दाबी गरेका छन् ।

46Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement