प्रचण्ड आफ्नैको घेराबन्दीमा
ओली- प्रचण्ड भेट सकियो
प्रचण्डलाई अनेपेक्षित रुपमा आफ्नै निकट सांसद, केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरुले फेरी पनि पार्टी टुटफुट गर्ने, अलग हुने काममा नलाग्न ठूलो दवाव परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको काममा असन्तुष्ट जनाउने हदसम्ममा सहमति भएपनि पार्टी नै टुक्रयाउने तहमा जान कुनै हालतमा नहुने सुझाव पछि प्रचण्डले भेटघाटलाई तीव्र बनाएका हुन् ।
२ तिहाइको शक्ति रहेको नेकपा विभाजनको प्रयास भएको, त्यसमा विदेशी शक्तिहरु समेत सक्रिय भइरहेको सूचना पछि प्रचण्ड निकट नेताहरु हिजोबाट गोलबन्द भई पार्टी जोगाउन लागेका हुन् । प्रचण्डले सरकारविरुद्ध हस्ताक्षर अभियानै सुरु गरेपछि नेताहरुले विरोध थालेका हुन् ।
प्रभावशाली नेताहरु लेखराज भट्ट, दिनानाथ शर्मा, टोपबहादुर रायमाझीले कोरोनाले सबैलाई आक्रान्त पारेको यो बेला सरकार ढाल्ने, पार्टी टुक्र्याउने कुनै पनि खेलमा आफूहरु सामेल हुन नसक्ने बताएका हुन् । यो संख्या बढिरहेको छ ।
ओली- प्रचण्ड भेट सकियो
काठमाडौं । पार्टीभित्रको तनावलाई लिएर नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा मंगलबार भेट भएको हो ।
दुई अध्यक्षबीचको छलफल सकिए पनि के के कुराकानी भयो भन्ने खुलेको छैन ।
पार्टीका आन्तरिक विवाद मिलाउन सचिवालय र स्थायी कमिटी बैठक राख्नेबारे कुरा मिलेको छैन ।
सोही कारण सचिवालय बैठक कहिले हुने भन्ने अन्योलमै छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















