45Shares

कोरोना भाइरसबाट संक्रमित भएर पनि विश्वभर १ लाख १४ हजार २९१ जना निको भएका छन् । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट बिहीबार बिहानसम्म ४ लाख ६८ हजार ७२३ जनालाई संक्रमण भएको थियो । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्र्ड मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार १९४ पुगेको छ भने ३ लाख ३३ हजार ३१० जना कोरोनाबाट उपचाररत छन् ।
इटालीमा ९ हजार ३६२ निको भए
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्युसँगै निको भएर जानेको तथ्याँक पनि उच्च छ । वल्र्ड मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या ९ हजार ३६२ छ । ६ करोड ४ लाख ८५ हजार २३१ जनसंख्या भएको इटालीमा ७४ हजार ३८६ लाई कोरोनाले आक्रमण गरेको थियो । इटलीमा मृत्यु हुनेको संख्या ७ हजार ५०३ पुगेको छ । इटलीमा अहिले कोरोना लागेका ५७ हजार ५२१ जना उपचाररत छन् ।
चीनमा ७४ हजार ५१ जना निको भए
कोरोनाको उद्गम स्थल चीन भएपनि यहाँ ७४ हजार ५१ जना निको भइसकेको तथ्याँक छ । १ अरब ४० करोड ८५ लाख २६ हजार ४४९ भएको चीनमा ८१ हजार २८५ लाई कोरोनाले आक्रमण गरेको थियो । चीनमा मृत्यु हुनेको संख्या ३ हजार २८७ पुगेको छ । चीनमा अहिले कोरोना लागेका ३ हजार ९४७ जना मात्रै उपचाररत छन् ।
अमेरिकामा ३९४ जना निको भए
शक्तिशाली राष्ट्र अमेरिकामा कोरोना लागेका ३९४ जना निको भइसकेको तथ्याँक छ । ३३ करोड १० लाख २ हजार ६५१ जनसंख्या भएको देश अमेरिकामा ६५ हजार ७९७ लाई कोरोनाले आक्रमण गरेको थियो । अमेरिकामा मृत्यु हुनेको संख्या ९३५ पुगेको छ । यहाँ अहिले कोरोना लागेका ६४ हजार ४६८ जना मात्रै उपचाररत छन् ।
स्पेनमा ५ हजार ३६७ जना निको भए
स्पेनमा कोरोना लागेका ५ हजार ३६७ जना निको भइसकेको तथ्याँक छ । ४ करोड ६७ लाख ५५ हजार ८४५ जनसंख्या रहेको स्पेनमा ४९ हजार ५१५ लाई कोरोनाले आक्रमण गरेको थियो । स्पेनमा मृत्यु हुनेको संख्या ३ हजार ६४७ पुगेको छ । यहाँ अहिले कोरोना लागेका ४० हजार ५०१ जना मात्रै उपचाररत छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ ।

यस्तो छ सबै देशको तथ्याँक  corona update 12-13

 

45Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement