2Shares

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म मातहतका सबै कार्यालयमा चिया बन्द गर्न आग्रह गरेको छ । चिया पिउँदा संक्रमणको जोखिम बढी हुने भएकाले तत्कालका लागि चिया कफी बन्द गर्न सरकारले निर्देशन दिएको छ । चियाको साटो नियमित रुपमा तातोपानी पिउन सरकारको आग्रह छ । ‘चिया पिउँदा संक्रमण हुन सक्छ’, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले भने, ‘चिया छोडौ, तातोपानी पिऔं ।

यसैगरी अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई सरकारले अपिल गरेको छ ।

‘महसुल काउण्टरहरुमा भिडभाड हुने भएकाले कोभिड–१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्रहक महानुभावहरुमा अपिल गर्दछु’, मन्त्री पुनले भने, ‘इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना लिइने छैन ।’

अत्यावश्यक कर्मचारीको आवागमन बाहेक भेटघाट बन्द गरेको छ । कर्मचारीका लागि कार्यालय प्रवेश गर्नुअघि मुल प्रवेशद्वारमा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । यस्तै शरीरको तापक्रम जाँच गर्न मन्त्री, सचिवसहित सबैका लागि थर्मल गन प्रयोग गरिने छ ।

एउटा एसएमएसको भरमा आउनुपर्छ 

मन्त्री पुनले सरकारले अत्यावश्यक सेवाका कर्मचारीलाई बिदा नदिएको स्पष्ट  गरे् । तर, अत्यावश्यक बाहेकका कर्मचारीले कामको प्रकृतिका आधारमा घरमै बसेर पनि कार्यसम्पादन गर्न सक्ने स्पष्ट गरे। ‘मन्त्रिपरिषदले सरकारी कर्मचारीलाई बिदा दिएको छैन । आलोपालो काम गर्न सकिन्छ । आवश्यक परेको बेला एउटा एसएमएसको भरमा उपस्थित हुन र एउटा एसएमएसकै भरमा घर जानुपर्ने हुन्छ’, मन्त्री पुनले भने ।

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement