31Shares

काठमाडौं । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई सरकारले कारबाही गर्ने भएको छ । सञ्चारमाध्यमलाई कोरोनासम्बन्धी गलत सूचना दिएर भ्रम उत्पन्न गराएको भन्दै सरकारले उनीमाथि कारबाही प्रकृया थालेको हो ।
वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमणको पुष्टि गर्दै कार्कीले आईतबार सञ्चारमाध्यमहरुलाई जानकारी गराएका थिए । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका ती व्यक्तिमा कोरोनाको संक्रणमको भने देखिएन ।
केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।
भारतीय टेलिभिजन च्यानलहरुले पनि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका थिए । बीरगञ्जमा कोरोना देखिएको चर्चा चलेपछि नेपालभर यसले सन्त्रास उत्पन्न गराएको थियो ।
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पर्साका प्रजिअ श्रेष्ठमाथि कारबाही हुन लागेको जानकारी दिँदै भने,‘गलत सूचना सम्प्रेषण गर्ने सिडियोमाथि सरकारले कारबाही गर्दैछ ।’
कार्यवाहक अध्यक्ष श्रेष्ठले केही सञ्चारमाध्यम, अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि कोरोनासम्बन्धी समाचार दिन असंवेदनशील ढङ्गले प्रस्तुत भएको प्रति अगुनमन भैरहेको बताए । कोरोनाको विश्वव्यापी महामारीको अति संवेदनशील घडीमा पनि भ्रामक सामग्री राखेको भन्दै यही अवस्था रहिरहे काउन्सिल चुप लागेर नबस्ने उनले बताएका छन् ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार कडा कारबाही हुने भन्दै सञ्चारमाध्यमलगायत त्यस्ता सामग्री सेयर, कमेन्ट र लाइक गर्ने पत्रकारलाई समेत आचारसंहिताले बाँध्ने उनले जानकारी दिए ।
आचारसंहिताभित्र नबस्ने अनलाइनलाई काउन्सिलले एउटा चिठ्ठी लेख्नेवित्तिकै टेलिकमले डोमेन नै बन्द गराइदिने समेतको प्रावधान भएकाले सबैलाई सचेत हुन श्रेष्ठल आग्रह गरेका छन् । उनले कोभिड–१९ विरुद्धको लडाईंमा सञ्चारमाध्यमलाई सत्य सूचना मात्रै प्रवाह गर्न आग्रह गरे ।

31Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement