चितवन,पुस २१-
हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गर्नुभएको हो ।
धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताउनुभयो । रङ्गशाला निर्माण हुँदा हेटौंडालाई पनि फाइदा हुने भएकाले सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।
रंगशाला निर्माणका लागि देशैभरीका स्थानीय सरकारको सहयोग आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो । रंगशाला निर्माणका लागि दिने भनेर घोषणा गरेको रकम केही दिनमा नै हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















