0Shares

चितवन, १६ पुस
नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको विराट मासिक ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ ।
आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुने ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लालामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६ हुँदैछ ।
एक महिनासम्म सञ्चालन हुने महायज्ञको १०८ कुण्डीय कोटिहोम निर्माणका लागि काम थालिएको कोटिहोम महायज्ञ मूल आयोजक समारोह समितिले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक वाल योगेश्वर महाराज श्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए ।
चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
उक्त महायज्ञमा १०८ पडिण्तद्वारा १०८ हवन कुण्डमा विशेष जडिबुटीसहित एक करोड २५ लाख मन्त्र जपद्वारा हवन, चार बेद, १८ पुराण, १०८ श्रीमद्भागवत पाठ पारायण, पितृमोक्ष, २१ करोड दीप प्रज्वलन, २१ हजार भन्दा बढी व्यक्तिको तुलादान, १०८ तीर्थस्थलको जलसहित हेलिकप्टरबाट पुष्प बृष्टि, ५१ सय कलश पुजन, भूमि पुजन, अन्न पुजन, शालिग्राम परिक्रमा तथा पुजन, दुःख निवारण यज्ञ, कन्या पुजन, जेष्ठ नागरिक पुजन गरिने छ ।
युवा ज्योतिष वाल योगेश्वर महाराजश्रीको मुखार बिन्दबाट कथा वाचन हुने उक्त धन धान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ ।
महायज्ञ अवधिभरमा ३० हजार दान गर्ने परिवारको एक जना, ६० हजार दान गर्ने दानवीरका २ जना, ८० हजार दान गर्ने दानवीरका ३ जना र १ लाख दान गर्ने परिवारका चार जना सदस्ययलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइनेछ । महोत्सवलाई भव्य रुपमा सफल पार्न देशभरबाट लाखौं भक्तजन आउने अपेक्षा गरिएको छ ।
महायज्ञबारे जानकारी दिनका लागि आगामी पुस १९ गते बिहान ११ बजे नारायणी नदी किनारमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement