3Shares

काठमाडौंः चर्चित गायक रामकृष्ण ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक रामकृष्ण र निलमबीच सम्बन्धविच्छेद भएको हो। ढकाल दम्पतीले मंगलबार मात्रै जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए।जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।निलमले रामकृष्णबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने शर्तअनुसार सम्बन्धविच्छेद गरेका हुन्। छोरी भने निलमले राख्‍ने सहमति भएको छ।रामकृष्ण र नीलमले २०५९ सालमा प्रेम विवाह गरेका थिए। उनीहरुकी एक छोरी छन् । मुलुकी देवानीसंहिता, २०७४ मा पति-पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरूको सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

3Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement