0Shares

भैैरहवा- लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

विश्वविद्यालयमा सामान आपूर्ति गरेको रकम व्यवसायीलाई भुक्तानी दिने क्रममा व्यवसायीसँग कमिशन वापतको रकम लिने क्रममा उनलाई कार्यकक्षमा रंगेहात पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा दिउँसो १ बजेर २० मिनेटमा लुम्बिनी स्थित कार्यालयभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई पक्राउ गरी नियन्त्रणमा लिएको कार्यालय प्रमुख तारानाथ अधिकारीले बताए।

‘विश्वविद्यालयमा कर्मचारी र चहलपहल कम भएको बेला व्यवसायीलाई बोलाएर कार्यकक्षमै घुस लिने क्रममा उनलाई पक्रेका हाैं, थप अनुसन्धानका लागि नियन्त्रणमा राखेका छौँ।’ अधिकारीले भने।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement