0Shares

भारत । भारतीय सेनाको जवान पदमा पहिलो पटक महिलाहरुको भर्ती सुरु भएको छ।

यसअघि अधिकृत तहमा मात्रै महिलाको भर्ती हुने गरेकोमा पहिलो पटक सैनिक जवानमा महिलाको भर्ती सुरु भएको हो। सेनाले अहिले मिलिट्री पुलिस क्याडरमा महिलाको संख्या २० प्रतिशत बनाउने लक्ष्य लिएको छ। अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकृत महिला रहेका छन्।

त्यस्तै स्थल सेनामा १ हजार ५ सय, वायु सेनामा १ हजार ६ सय तथा नौसेनामा ५ सय महिला रहेका छन्। भारतीय सेनाले पहिलो पटक जवान पदमा महिलाको भर्ती लिन सुरु गरेसँगै अनलाईन दर्तासमेत सुरु गरेको छ। भारतीय सुरक्षा निकायहरुमा खासगरी प्राविधिक सीप भएका महिलाहरुले मात्रै प्राथमिकता पाउने गरेको भन्दै यसबारे बहसहरु हुँदै आएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement