0Shares

ब्रुनाईमा समलिंगी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हिर्काएर मारिने नयाँ इस्लामिक (शरिया) कानुन लागू भएको छ।

विश्वका राजनीतिक नेताहरू, अधिकारकर्मीलगायत यो कानूनको चौतर्फी आलोचना भइरहदा पनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गरेका हुन्। दक्षिण पूर्वी एसियाको मुस्लिम राष्ट्र ब्रुनाईमा वर्षौंपछिको छलफलपश्चात् यो कानून कार्यान्वयनमा ल्याइएको हो। नयाँ कानुनमा चोरी गर्नेहरूका हात र खुट्टा काटिने व्यवस्थासमेत गरिएको छ। पूर्वी वा दक्षिण पूर्वी एसियामा कठोर शरिया कानुन देशव्यापी रुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो। ब्रुनाईको यस्तो निर्णयप्रति विश्व समुदायले कटु आलोचना गरेको छ। संयुक्तराष्ट्र संघले शरिया कानुनका व्यवस्थाहरू निर्मम र अमानवीय रहेको जनाएको छ ।

ब्रुनाईका सुल्तानको कदमप्रति अरब राष्ट्रले स्वागत गरेका छन्। सुल्तानले नयाँ शरिया कानुन ल्याउन सन् २०१३ मै घोषणा गरिएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement