0Shares

चितवन, पुस २७-

चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । आज (आइतबार) बिहान सिमलतालबाट केही तल तनहुँतर्फ पर्ने नदी किनारमा बालुवामा पुरिएको अवस्थामा गाडीका पाटपुर्जा भेटिएको हो ।

सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।

२८ असार २०८१ मा सिमलतालस्थित त्रिशूलीमा नदीमा दुई बस बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement