नारायणी नदी किनारमा सरसफाइ अभियान सम्पन्न, पर्यावरण संरक्षणमा पपुलर जागरण प्रालिको अग्रसरता
भरतपुर, चितवन
पपुलर जागरण प्रालिको आयोजनामा नारायणी नदी किनारमा बिहीबार विशेष सरसफाइ अभियान गरिएको छ । भरतपुर महानगरपालिका भित्रको एक प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा रहेको यो क्षेत्र विगत केही समयदेखि अत्यधिक फोहोरका कारण प्रदुशित थियो ।
सरसफाइ अभियानको नेतृत्व गर्दै संस्थाका अध्यक्ष रामप्रसाद सिग्देल (सुलभ) ले भने, “नदी किनारमा दैनिकजसो फोहोरको थुप्रो लागिरहेको अवस्था थियो। यहाँ आन्तरिक पर्यटक आउने, रमाउने स्थान हो, त्यसैले सफा र व्यवस्थित राख्न हामी सबैको जिम्मेवारी हो।”

अध्यक्ष सिग्देलका अनुसार, विशेषगरी वर्षातको समयमा आसपासका क्षेत्र तथा अन्य स्थानबाट बगेर आएका पलाष्टिक, बोतल, डिस्पोजेबल सामग्रीहरू नदी किनारमा थुप्रिने गर्छन् । त्यसले नदीको सौन्दर्य मात्र होइन, पर्यावरण र जल जीवनमा पनि गम्भीर असर पारिरहेको छ। स्थानीय बासिन्दा तथा व्यवसायीहरू समेत सहभागी भएको उक्त सरसफाइ अभियानमा पलाष्टिकजन्य फोहोर, खानेकुरा र बिर्के वस्तुहरू, तथा अन्य अव्यवस्थित रुपमा फालिएका फोहर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको थियो।

पपुलर जागरण प्रालिको पहलमा सुरु भएको यो अभियानमा स्थानीय समुदाय, युवा क्लब, सामाजिक अभियन्ता, र स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रमको क्रममा सहभागीहरूलाई फोहोरको व्यवस्थापन, नदीको संरक्षण, र पुनस् प्रयोगको महत्वबारे सचेतना समेत दिइएको थियो। संस्थाका अध्यक्ष सिग्लले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने बताए । उनले भने, “सरसफाइ एकदिने कार्यक्रम होइन, यो बानीको विषय हो। हामी सबैले मिलेर मात्रै नारायणीलाई सफा र स्वच्छ राख्न सक्छौं” ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















