प्रभात दिदी बहिनीको भित्रे पात्रो विमोचनः आफन्तको व्यवहार गरेर ऋण लगानी नगर्न आग्रह
भरतपुर । ऋण लगानी गर्दा आफन्तको व्यवहार नगर्न सुझाव दिईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजिन भित्रे पात्रो बिमोचन कार्यक्रममा यस्तो बताइएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी एवं भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हरि पन्तले ऋण लगानी गर्दा अध्ययन गरेर किस्ता तिर्न सक्ने नसक्ने अवस्था हेरेर मात्रै लगानी गर्न सुझाव दिनु भएको छ । उहाँले वडा भित्र एघार वटा सहकारी रहेको र सहकारीहरुले ऋण उठाउन पहल गर्न आग्रह गर्ने क्रम बढेर गएको बताउनु भयो । ऋणी र सहकारी बिचमा छलफल गराई ऋण तिर्ने वातावरण बनाउन पहल गरे पनि अधिंकाशको ऋण तिर्न सक्ने आम्दानी नहुदा समस्या परेको बताउनु भयो । उहाँले ऋण लगानी गर्दा नै आम्दानीको श्रोत हेरेर गरेमा सहकारीहरु खतरा बाट बच्न सक्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष साधना पोख्रेलले प्रभात दिदी बहिनीले सधै सदस्यहरुको हितमा काम गदै आएको बताउनु भयो । के कस्ता कार्यक्रमहरु सहकारीले गर्दैछ भनेर शेयर सदस्यहरुलाई सधै थाहा होस् भन्ने उदेश्यले भित्रे पात्रो नै बनाएर जानकारी दिने गरेको बताउनु भयो । उहाँले सहकारीले ऋण दिने र लिने मात्रै नगरी सामाजिक उक्तरदायीत्व अन्र्तगत धेरै सामाजिक कार्यक्रमहरु पनि गदै आएको बताउनु भयो । भित्रे पात्रोमा तिनै कार्यक्रमहरु समेटीएको हुदाँ सहकारीका गतिविधिहरु शेयर सदस्यलाई जानकारी गराउन सहज भएको उहाँको भनाई थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पा पाण्डेले सहभागिहरुलाई स्वागत गदै सहकारीको गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा सल्लाकार एवं लेखा सुपरिवेक्षण समितिका अध्यक्ष अम्बिका पोख्रेलले नयाँ वर्षको शुभकामना दिदै भित्रे पात्रोले सहकारीलाई काम गर्न सहज हुने गरेको बताउनु भयो ।
कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार भगवती पौडेल, सल्लाहकार भगवती घिमिरे लगाएतले शुभकामना दिनु भएको थियो भने संस्थाका सचिव मञ्जु रेग्मीले सहकारीको गतिविधिका बारेमा जानकारी दिनु भएको थियो ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















