0Shares

चितवन । नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा पुनः केशव लामा चयन हुनु भएको छ ।

कालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनले लामाको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा जित बहादुर भट्टराई, दर्गादत्त पौडेल, उपसचिव उमाकान्त सापकोटा र शारदा देवी रेग्मी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिनुभयो ।

 

निर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य जेएन थपलिया, केन्द्रीय सदस्य कृष्णभक्त पोख्रेल, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, जिल्ला कमिटीका नेताहरु टिका रिजाल, झलक राज भट्ट, रेवती पौडेल लगायतकोे उपस्थिति रहेको थियो ।

प्रकाश खनाल शैलेशको अध्यक्षतामा सम्पन्न शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य दिवश पाण्डे, विमला लामा लगायतको उपस्थिति रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement