सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड
0Shares
काठमाडौं, फागुन १३-
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ । यो हाल सम्मकै उच्च मूल्य हो । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन रूपैयाँ बढी हो।
यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















