0Shares

शान्ता अधिकारी, माडी ।
बस्तीमा खानेपानीको अभाव हुँदा माडी नगरपालिका वडा नम्बर ५ ठिकुरबारीका स्थानिय खोलाको दूषित पानी खान बाध्य छन् । नजिकै पानीको मुहान नहुँदा उनीहरु घर नजिकै बग्ने चिसोपानी खोलाको दूषित पानी खान बाध्य भएका हुन् ।

गाउँमा पानीको अभाव हुँदा वर्षाको समयमा बाढीसँगै आउने धमिलो पानी खानु परेको यहाँका स्थानीयको भनाइ छ । स्थानिय गिता विश्वकर्मा नजिकै पानी नहुँदा अहिले पनि खोलाको धमिलो पानी खान वाध्य भएको बताउँछीन् । उनी भन्छीन्, “धारा छ पानी छैन, इनार छ पानी छैन, आकाशमा बादल लाग्ने वितिकै खोलामा पुगेर पानी भरेर राख्नु पर्छ । लगातार पानी पर्यो दुई तिन दिन भने त्यही धमिलो पानी ल्याएर रुमालले छानेर खाने हो ।”
खोलासँगै अडेस लागेर बनेको बस्ती छ । यहाँ पैत्तीस घर छन् । दूषित फोहोर पानी खानुहुन्न विभिन्न रोगको संक्रमण फलिन्छ भन्ने पनि थाहा छ । तर अर्को विकल्प नहुदाँ यही पानी खानु परेको विश्वकर्माको भनाई छ , उनी भन्छीन्, “घरमा सबैलाई ज्वरो आएको छ । गर्मी लाग्ने समयमा सधै पखाला लाग्छ ।”

 

सोही ठाउँकी कल्पना घर्ती पुरै बस्तीमा पानीको हाहाकार भएको बताउँछीन् । उनी भन्छीन्, “खोलामा जस्तो पानी आउछ त्यस्तै खान्छौ । गाँउमा इनार छ । इनार पनि आकाशे पानीले भरीने हो त्यो भन्दा खोला ठिक छ ।” अधिंकाश दलित समुदायको बसोबास रहेको यस बस्तीमा खानेपानीको ठूलो अभाव छ। नजिकै पानी मुहान नहुँदा उनीहरु खोलाको पानी खान बाध्य छन् ।

यहाँका बासीन्दाहरुले बसोवास गर्न थालेको वर्षौ भइसक्यो । कल्पना भन्छिन्, “बसोवास गर्न थालेको दुई पुस्ता भईसक्यो । पहिला पानीको यस्तो समस्या थिएन । बाह् तेह् वर्ष अगाडी यस्तो समस्या थिएन । धारामा ईनारमा पानी आउथ्यो । तर त्यसपछी बिस्तारै सुक्दै गएको थियो अहिले त पुरै सुकेर गयो । ”
परम्परागत पानीका मुहानहरु सुकेपछि स्थानीयबासीहरु भने खोला र खोल्सीमा बगेको पानी पिउन बाध्य बनेका हुन्छन् ।
घाम लाग्यो भने यहाँका बासिन्दाको मनमा शान्ति हुन्छ र खुसी छाउँछ । जब आकाशमा कालो बादलसँगै गड्याङगुडिङ हुन्छ अनि मनमा खोलाको पानीभन्दा चिसो सिरेटो पस्छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement