आजको मौसमः देशभर वर्षाको सम्भावना, दिउँसोभन्दा राति ठूलो वर्षा हुने
0Shares
काठमाडौं,साउन ३१-
देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसो र राति नै वर्षा हुनेछ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यसैबीच, पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षादेखि नै भइरहेको छ । खोटाङको ऐंसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















