भरतपुर,असार २५ –
चितवनको भरतपुर महानगरपालिकाले पुर्वपश्चिम राजमार्गको गोन्द्राङमा निर्माण गरेको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । सोमबार भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष लेखराज पन्त हरी र भरतपुर महानगर प्रहरी प्रमुख डिएसपी कृष्णहरी ढकालले संयुक्त रुपमा शौचालयको चावी व्यवस्थापनको जिम्मा लिएका मधु विक र फुलमाया विकलाई हस्तान्तरण गर्नुभयो ।
प्रदेश सरकार र महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको शौचालय राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरेर निर्माण गरिएको हो । शौचालय सञ्चालनमा आएसंगै स्थानीय र यात्रुलाई सहजता हुने महानगर प्रहरी प्रमुख ढकालले बताउनुभयो । उहाँले यसको व्यवस्थापनका बारे महानगर प्रहरीले नियमित निगरानी गर्ने जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले यो आर्थिक बर्षमा पनि भरतपुरका विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने जनाएको छ । सरसफाई र हरियाली प्रबद्र्धनलाई जोड दिएको महानगरपालिकाले यो आर्थिक बर्षमा मुख्य सहरी क्षेत्र र चोकमा शौचालय निर्माण गर्ने योजना बनाएको वडाध्यक्ष पन्तले बताउनुभयो । उहाँले गोन्द्राङको शौचालय निर्माण भएसंगै वडाबासी र यात्रु दुवैलाई सहजता हुने बताउनुभयो । सो अवसरमा नगरप्रहरीले शौचालय परिसरमा बृक्षारोपण समेत गरेका थिए ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















