एकीकृत समाजबादी खैरहनी नगर अध्यक्ष अर्याल एमालेमै फर्किए
0Shares
चितवन,असार ३-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का खैरहनी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्यालले पार्टी परित्याग गरेका छन् । समाजबादिको कुनै पनि पदमा नरहेको घोषणा गरेका उनले आफू पुरानै घर फर्किएको बताएका छन् । उनि एकिकृत समाजबादीको जिल्ला सचिवालय सदस्य पनि थिए । समाजबादीका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल निकट थिए अर्याल ।
सामाजिक संजाल फेसबुक मार्फत समाजबादी पार्टी परित्याग गरेको घोषणा गरेका उनले एमालेमा पूरा समय दिने र सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















