ललितानिवास जग्गा प्रकरणः भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना
काठमाडौं, फागुन ३-
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सुनाइएको छ । न्यायाधीश खुसीप्रसाद थारूसहितको इजलासले बिहीवार गुरुङलाई २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाएको हो ।
बालुवाटार जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका क्रममा गुरुङ लामो समय हिरासतमा बसेका थिए । विशेष अदालतले नेपाली कांग्रेसका नेता पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पनि सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते तत्कालीन भौतिक योजनामन्त्री गच्छदार, तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















