0Shares

चितवन — जिल्लाको पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ लोथर मेत्राङका धनकाजी चेपाङको खोलाले बगाउँदा मृत्यु भएको छ । उनलाई चितवन र मकवानपुरको सिमाना भएर बग्ने रेउती खोलाले बगाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

 

राप्ती नगरपालिका–१२ का वडाध्यक्ष अर्जुन चेपाङका अनुसार धनकाजी मंगलबार दिउँसो घरदेखि निस्केका थिए । राति अबेलासम्म नफर्केपछि बुधबार बिहानैबाट खोजी सुरू भएको र नौ बजेतिर खोलामा शव फेला परेको वडाध्यक्ष अर्जुन चेपाङले बताए ।

 

चितवनको उत्तरी भेगमा रहेको पहाडी क्षेत्रमा वर्षायाममा खोला र पहिरोले बर्सेनि दुख दिने गर्दछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement