0Shares
चितवन/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको दोश्रो दिन विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरुले सहभागिता जनाए ।
प्रदर्शनीमा आठबिस नगरपालिकाका दैलेखका नगरप्रमुख लगायतको टोली, बजुं गाउँपालिका, सुनसरीको टोली, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, गण्डकी प्रदेश उद्योग परिसंघ, घरेलु तथा साना उद्योग कार्यालय सप्तरी र चितवनका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले छुट्टाछुट्टै रुपमा अवलोकन गरेका थिए ।
प्रदर्शनीमा स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएका छन् । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको प्रबद्र्धन सहयोगमा आयोजना गरिएको यस प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक समेत गरी ११० वटा स्टल राखिएको छ ।
औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनीको भोली एक विशेष कार्यक्रमका बीच समापन गरिदैछ ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement