0Shares

भरतपुर । सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को दोश्रो दिन नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा एकदिने गोष्ठीको आयोजना गरिएको छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा चितवन उद्योग संघका उपाध्यक्ष एवं औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित मेक इन नेपाल स्वदेशी अभियानका बारेका प्रकाश पार्नुभएको थियो ।

 

गोष्ठीमा नेपाल उद्योग परिसंघका उपनिर्देशक रोमिता लामिछानेले “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । लामिछानेले उद्यमीहरुले मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध हुनका लागि गरिने प्रक्रिया, अभियानमा आवद्ध भएपछिको लाभ लगायतका बारेमा जानकारी गराउनु भएको थियो । गोष्ठीमा अभियानमा लाग्न चाहने उद्योगीहरु र लागिसकेका ६५ जना भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा उद्योगीहरुबीच मेक इन नेपाल स्वदेशी अभियानका विषयमा वृहत छलफल समेत गरिएको थियो ।

गोष्ठीमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, नेपाल उद्योग परिसंघका निर्देशक हिमाल पौडेल, नेपाल उद्योग परिसंघका अधिकृत एन्जिला ज्ञवाली, संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, डा.प्रमोद लामिछाने, दिनुप कुमार बराल, अमर घिमिरे, दुर्गालाल सापकोटा, पार्वती सुवेदी कुँबर, सुरेन्द्र्र कार्की, चन्दना कोइराला, विशाल चापागाई, महिला उद्यमी मञ्चकी कार्यसमिति सदस्य अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 


चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement