0Shares

भरतपुर – भरतपुर महानगरपालिकाले वडा न १३ र २३ लाई बालमैत्रि वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।

वडा न १३ को प्रक्रिया अन्तिम चरणमा पुगेको र २३ नम्बर आबश्यक प्रक्रियामा गएको महानगरपालिकाले जनाएको छ ।

हिमालयन लाइफको आर्थिक सहयोगमा वडा न १३ र
आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा न २३ लाई बालमैत्रि वडाको रुपमा घोषणा गर्ने तयारी गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

स्थानीय बाल अधिकार समितिका सयोजक तथा भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरका सबै वडा बिस्तारै बालमैत्रि वडाको रुपमा घोषणा हुने गरि काम भइरहेको बताउनु भयो

अहिले भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गर्ने गरिरहेकोमा अब छिट्टै नै २९ वटै वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गरिने तयारीमा महानगर रहेको छ अधिकारीले भन्नू भयो । हामी हाम्रो महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्रि महानगरको रुपमा हेर्न चाहन्छौं उप प्रमुख अधिकारीले भन्नू भयो ।

बालमैत्रि वडाको रुपमा घोषणा हुनलाइ विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुशिला वाग्लेले भन्नु भयो । बालमैत्रि वडा घोषणा हुन पाँच बर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्रि सरचनाहरु निर्माण भएको हुनुपर्ने लगाएतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्रि वडाको रुपमा घोषणा गर्न मिल्छ,प्रमुख वाग्लेले भन्नु भयो ।

भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो ।

महानगरपालिकाले यस अघि २०७६ सालमा वडा न १४ लाई बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ को १ ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार स्थानीय सरकारलाइ दिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement