विराटनगर । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै दुई करोड ८७ लाख ठगेर फरार भएको आरोपसहित पीडितहरूले कारबाहीको माग गरेका छन् ।
पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको बताए । यसैगरी सुनवर्षी नगरपालिका-६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाइँ मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख जम्मा गरेको बैंक भौचर देखाए ।
पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी लिएको ऋण ठगीमा परेको बताएका छन् । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम फिर्ता गराउन माग गरेका छन् ।
-रासस
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















