अरोमा स्कुलले भन्यो : पीडित र आरोपीलाई प्रहरीमा पठाउन ढिलाई भएकोमा गल्ति भयो
चितवन । शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको घटनालाई प्रहरीमा पठाउन ढिलाई भएकोमा अरोमा इङलिस माविले गल्ती स्वीकार गरेको छ । विद्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी मंसिर २८ गते भएको घटनाको अनुसन्धान गर्न पीडित र आरोपीलाई प्रहरीमा पठाउन ढिलाई गरेर गल्ती भएको बताएको हो ।
मंसिर २८ गते कक्षा ११ मा पढ्ने केहि छात्रालाई कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले यौन दुव्र्यवहार गरेपछि पुस ३ गते आइतबार विद्यार्थीहरुले विद्यालय प्रशासनलाई जानकारी गराएका थिए । विद्यालयले सोहि दिन शिक्षक सुवेदीलाई निश्कासन गरेको दाबी गरेको छ ।
विद्यालयका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पिडित र आरोपि पक्षलाई अनुसन्धानको लागि प्रहरीमा पठाउन ढिलाई हुनुमा कमजोरी भएको हामीले महसुस गरेका छौँ । हामी पिडितलाई न्याय र अनुसन्धानले दोषी ठह¥याए आरोपित शिक्षकलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छमा भन्नेमा संवेदनशिल छौँ ।’
त्यस्तै मंगलबार भएको तोडफोडको घटनाले स्तब्ध बनाएको भन्दै उनले पठनपाठनको वातावरण नबनेसम्म अनिश्चितकालको लागि विद्यालय बन्द हुने बताए । आरोपित शिक्षकलाई प्रहरीले मंगलबार नै नियन्त्रणमा लिएको छ ।
यस्तै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० चितवनले एक विज्ञप्ति जारी गरी मुद्धाको अन्तिम निरुपण नहुँदासम्म आरोपित शिक्षकले हिसान अन्तर्गतका कुनै पनि विद्यालयमा पढाउन नपाउने निर्णय भएको बताएको छ ।
हिसान चितवनका सचिव प्रदिप पौडेलले जारी गरी विज्ञप्तिमा शिक्षण संस्थालाई हिंसाजन्य गतिविधिबाट मुक्त बनाउने कुरामा हिसान स्पष्ट रहेको बताइएको छ । त्यस्तै विद्यार्थीको आन्दोलनका क्रममा विद्यालयमा भएको भौतिक क्षतिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उनले आग्रह गरेका छन् ।
सम्बन्धित खवर
-
वीरगञ्ज । मधेस प्रदेश सरकारका ...
-
१३ जेठ, चितवन । माडी प्रज्ञा ...



















