चितवन गार्डेन रिर्सोटमा विहे भोज खाएका तीन सय जना बिरामी
चितवन । चितवनको चितवन गार्डेन रिर्सोटमा मंसिर २३ गते विहे भोज खाएका करीव ५ सय जना बिरामी भएका छन् । विहे भोज खाएकाहरुलाई पखला लाग्ने, वान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएका कतिपय भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए । उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जना भन्दा बढि बिरामीको उपचार भैसकेको छ । अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएको डा. महतोले जानकारी दिए । ‘उनीहरु सबैको अवस्था अहिले स्टेवल छ, सबैको लक्षण उस्तै देखिन्छ, हेर्दा होटलको खानाबाट फूड पोइजन भएको जस्तो देखिन्छ,’ डा. महतोले भने, ‘धेरै दिन स्टोरेज गरिएको खाना दिएको वा राम्रोसँग प्रिपेरेसन नगरी खाना दिएको हुन सक्छ ।’ उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाह समारोहमा सहभागी भएका थिए। दुलाहा पक्षबाट २५० जन्ती र केही दुलही पक्षमा समेत भोज खाँदा बिरामी परेका छन् । जन्त आएका गैंडाकोटका सविन लम्सालले भोजमा सहभागी मध्ये दुबै तिरका गरेर ३ सय जना बिरामी छन् । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले जानकारी दिए ।
लम्सालले होटलले चरम लापर्वाही गरेर गुणस्तरहीन खाना खुवाएर बिरामी बनाएको बताए । होटल सञ्चालकहरु नेशनल सिटी अस्पतालमा आज बिरामी भेट्न आएको लम्सालले बताए । उपचार खर्च होटलले ब्यहोर्न तयार भएको तर बाहिर मिडियामा किन होटलको बदनाम गराएको भनेर होटल सञ्चालकले गुनासो गरेको लम्सालले बताए । होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको लम्सालले बताए ।
होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको र घटनाका बारेमा बुझिरहेको बताए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















