इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोपमा कांग्रेस कार्यकर्ताद्वारा मकवानपुरका दुई पत्रकारमाथि कुटपिट
0Shares
हेटौँडा, मंसिर १९-
नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेका छन् ।
वागमती एक्सप्रेस साप्ताहिकमा बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपटि भएको हो ।
हेटौँडा उपमहानगरपालिका-२ स्थित पल्पसा होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका थिए ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















