0Shares

चितवन,कात्तिक २० – नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताउनुभएको छ । आज (आइतबार) भरतपुरमा आयोजित घरदैलोका क्रममा उहाँले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताउनुभयो । निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उहाँले बताउनुभयो ।
‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो, उहाँले भन्नुभयो, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरे,यही क्षेत्रका जनताको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहान्छु ।’ उहाँले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले बिशेष महत्व दिने उल्लेख गर्नुभयो । ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकिय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले आफू सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । ‘मैले आयोगको अध्यक्ष हुँदा देशभरको समस्या समाधान गर्नेगरी काम गरेको थिएँ, सबै प्रकृया सकेर पुर्जा बाँढ्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो’,उहाँले भन्नुभयो ।’ सुकुम्बासी समस्या समाधानका लागि बाँकी काम पुरा गर्नका लागि पनि एमालेको सरकार आउनुपर्ने नेता ज्ञवालीले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पनि सुकुम्बासीको समस्या धेरै रहेको भन्दै त्यसलाई समाधान गर्नका लागि निरन्तर काम गर्ने बताउनुभयो ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा शक्तिखोर–माझिमटार सुरुङमार्ग निर्माण गर्नुपर्ने भन्दै उहाँले सिंचाई र जलविद्युतसहितको सुरुङमार्ग निर्माण गर्न सके चितवनको विकासमा कायापलट हुने धारणा राख्नुभयो । चितवनमा सिंचाइको समस्या समाधानका लागि पनि यो अयोजना आवश्यक रहेको उहाँको भनाई छ । ज्ञावाली चितवन–२ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहनुभएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement