चितवनको पुरानो मेडिकल कलेजले निःशुल्क डायलायसिस नगर्ने
सेवा नरोक्न मिर्गौलापीडित सरोकार समाजको माग
चितवन, २६ भदौ । निःशुल्क मृर्गाैला डाइलासिसको माग गर्दै सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाईएको छ । मृर्गाैला पीडित सरोकार समाज चितवनले आज ज्ञापनपत्र बुझाएको हो ।
समाजले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साईन्सेज (पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालय मार्फत् स्वास्थ्य मन्त्रालय नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाण्डौंमा ज्ञापनपत्र बुझाएको हो ।
पुरानो मेडिकल कलेजमा डाइलासिस गराईरहेका पीडितहरुलाई कलेजले असोज १ गतेदेखि निःशुल्क सेवा दिन नसक्ने सूचना दिएपछि समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका अध्यक्ष टुमराज गुरुङका अनुसार उक्त कलेजमा समाजमा आवद्ध ४७ जनाले निःशुल्क डाइलासिस गराउँदै आएका छन् ।
कलेजले विगत १४ महिनादेखि मृर्गाैला डाइलासिस वापतको रकम भुक्तानी प्राप्त नभएको कारण देखाउँदै असोज १ देखि निःशुल्क सेवा दिन नसकिने जनाएको छ । अस्पतालले डायलासिसको मात्रै १ करोड ५० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।
सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत असार ३१ गते सम्झौता मिति समाप्त भईसकेपछि पनि मानवीय नाताले बिरामीलाई डाइलासिस सेवा दिंदै आएको अस्पताले जनाएको छ । ठूलो रकम भुक्तानी बाँकी रहेकाले असोज १ गतेदेखि स्वास्थ्य बीमाका बिरामीलाई बीमा अन्न्तर्गत र बीमा नगराएकाको हकमा सशुल्क सेवा दिन सकिने अस्पतालको सूचनामा जनाईएको छ । अस्पतालमा १२ वटा मेसिनले दैनिक तीन सिफ्टमा ३६ जनाको डायलासिस हुँदै आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पीडितहरुले निःशुल्क सेवा पाउनु पर्ने बताउनुभयो । उहाँले पुरानो मेडिकल कलेजलाई पत्र पठाएर सेवा नियमित गर्न निर्देशन दिएको जानकारी दिनुभयो । आफूले मन्त्रालयमा समेत यस सम्बन्धी समन्वय गरिरहेको भन्दै उहाँले पीडितहरुले पाउँदै आएको सेवा रोक्न नमिल्ने बताउनुभयो ।
(समाजले बुझाएको ज्ञापनपत्र)
(अस्पतालले जारी गरेको सूचना)
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...





















