93Shares

ईच्छाकामना, चितवन । चितवनको इच्छाकामना ७ दाहाखानीको नयाँ गाउँलाई सुरक्षीत खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको छ । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले नयाँ गाउँलाई सुरक्षीत खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, कार्यक्रमका सहयोगी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वा भिसिए वेल्ट हंगर हिल्फे डब्लुएचएच र नेपाल ग्रामीण पुननिर्माण संस्था आरएनएनको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एक घर एक धारा, शौचालय निर्माण, बाटोघाटो सरसफाई र हरेक घरमा खानेपानी फिल्टरको सुबिधा रहेको छ।
अहिले नयाँ गाउँ साच्चैको सुन्दर गाउँ बनेको गाँउपालिका उपप्रमुख माया सिलवालले बताउनु भयो । गुरु· समुदायको बसोवास रहेको नयाँ गाँउलाई पर्यटकीय गाउँ बनाउन सकिने सिलवालले बताउनु भयो । १६ घरधुरी रहेको नयाँ गाउँका प्रत्येक घरमा खानेपानीको धारा जोडिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वाभिसिए वेल्ट हंगर हिल्फे डब्लुएचएचको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुननिर्माण संस्था आरएनएनले धारा निर्माण गरेको हो ।

गरिब तथा सिमान्तकृत समुदायमा खानेपानी सरसफाइ तथा स्वाच्छता प्रणालीको सुदृढीकरण परियोजनाको सहजिकरण र इच्छाकामना गाँउपालिकाको समन्वय मा सो गाउँलाई सुरक्षीत खानेपानी तथा पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाँउपालिका प्रमुख दानबहादुर गूरु·ले बताउनु भयो । गाँउपालिकाले यस्ता गैरसरकारी संस्थाको सहकार्यले मुहार फेर्ने बताउनु भयो ।

यसअघि इच्छाकामना गाँउपालिका वडा नम्बर २ को हपनी टोल र थापाथली गाउँलाई लाई सुरक्ष्ीात खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिसकेको छ ।

घोषणा गरियो कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण सस्थाका कार्यक्रम प्रबन्धक निराजन पोखरेलले पुर्ण सरसफाइका सुचक र सुरक्षित खानेपानी बारे आफ्ना धारण राख्नु भएको थियो । घोषणा कार्यक्रममा डब्लु एच एच का प्रतिनिधि गिरी खत्री, आर आर एनका राम प्रसाद ढुगाना, इच्छाकामाना स्वास्थ्य शाखा प्रमुख बासुदेब सापकोटा, आधारभुत बिद्यालय दाहाखानीका प्रधानाध्यापक भक्त बहादुर गुरु·, दाहाखानी स्वास्थ्य चौकीका अहेब महनाथ बस्ताकोटीको सहभागिता रहको थियो ।

93Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement