0Shares

भरतपुर, भदौँ ४ गते । गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउनुहुन्छ।

डा. श्रेष्ठ भाले गैँडाभन्दा पोथीले नै यौन चाहना पहिला राख्ने तर कहिलेकाहीँ यस्ता अप्रिय घटनाहरू पनि हुने बताउनुहुन्छ। डा. श्रेष्ठले भन्नुभयो, “पोथी गैँडाले तुरुक्क तुरुक्क पिसाब फेर्दै, कराउँदै भाले गैँडा खोजेको सन्देश दिन्छे। भाले पनि उसैको पिसाब सुँघ्दै पोथीको पछाडि दगुर्छ तर यो क्रिया सधैँ भालेले चाहेजस्तो नहुने भएकाले पोथीमाथि आक्रमण पनि हुनेगर्छ।

लामाले भन्नुभयो, “चार वर्षअघि हामी जङ्गलमै थियौँ। गैँडाको सानो बच्चा रक्ताम्मे भएर भाग्दै थियो। नकिजै भाले र पोथी रतिक्रीडामा थिए।” यसरी सहवास भएको गैँडाले १७ देखि १८ महिनामा गर्भमास पूरा गरेर बच्चा जन्माउँछ। यसरी जन्मिएको बच्चा भाले भए ६ वर्ष र पोथी भए तीन वर्षमा प्रजननका लागि योग्य हुन्छन्। बच्चा जन्माएकी आमा भने दुई वर्षदेखि साढे दुई वर्षको अवधिमा फेरि यौन सम्बन्ध राख्न भाले खोज्न थाल्ने  गरेको पाइन्छ। दुर्लभ वन्यजन्तु एकसिङे गैँडाको सङ्ख्या नेपालमा ७५२ छ। यसमध्ये पनि गैँडाकै मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रेकर्ड गरिएका छन्। नेपालमा गैँडाको  वृद्धिदर तीनदेखि चार प्रतिशत रहेको छ।

गोरखापत्र अनलाइन
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement