त्रिभुवन विश्व विद्यालय र आशिंक प्राध्यापक संघ विच भएका सहमति कार्यान्वयन
भरतपुर । त्रिभुवन विश्व विद्यालय र आशिंक प्राध्यापक संघ विच भएको सात वुदे सहमति कार्यान्वयनमा आएको छ ।
आशिंक प्राध्यापकहरुको सम्झौता विश्वविद्यालयले कार्यान्वयन गरेसंगै विभिन्न आंगिक क्याम्पसहरुले सम्झौता अनुसार मापदण्ड बनाई कार्यान्वयन ल्याईएको आशिंक प्राध्यापक संघका महासचिव राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
२०७७ पुष २४ गते भएको सहमति अनुसार आशिंक प्राध्यापक संघसंग भएको सात बुदे सम्झौता अन्र्तगत क्यापसको साधन र स्रोतको सदुपयोग गदै क्यापसले कार्यविधी बनाएर प्राध्यापकहरु नियुक्त गरेको समेत महासचिव गिरीले जानकारी दिनुभयो । जस अन्र्तगत वीरेन्द्र बहुमुखी क्याम्पसमा ३० जना, पृथ्वीनारायण क्याम्पसमा ४० जना धौलागिरि क्याम्पसमा २३ जना ले नियुत्ति लिएको उहाँले जानकारी दिनुभयो ।
अन्य क्याम्पसहरु इलाम क्याम्पसमा १२ जना , विराटनगर क्याम्पसमा २० र उपत्यकाका भित्रका भक्तपुर क्याम्पसमा १४ जना र ताहचल क्याम्पसमा ३० को प्रकृया अगाडि बढेको र जनकपुर र नेपालगञ्जमा छनोट समिति बनेको समेत महासचिव गिरीले जानकारी दिनुभयो । त्यसैगरी ठाकुरराम क्याम्पसमा विरगञ्जमा र भैरहवा क्याम्पस प्रक्रियामा रहेको उहाँको भनाई छ ।
महासचिव गिरीले अव हुने प्रदेश र संघीय निर्वाचन अगाडी नै त्रिभुवन विश्वविद्यालयका ६२ वटा क्याम्पसमा रहेका आंशिक प्राध्यापकहरुलाई नियुक्ति दिने गरी काम भईरहेको समेत बताउनु भयो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















