उपमेयरसंग बालिका कार्यक्रममा कालिका नगरपालिकाद्धारा ६९ जना बालिकालाई शैक्षीक सामाग्री सहयोग
कालिका, चितवन । कालिका नगरपालिकाले अभिभावक विहीन बालिकाहरुको लागि शैक्षिक सामाग्री सहयोग गरेको छ ।
उपमेयरसंग बालिका कार्यक्रम अन्र्तगत आज नगरपालिका भित्र रहेका विभिन्न चार वटा विद्यालयमा अध्ययनरत आमा बुबा बिहीन बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।
कार्यक्रमका प्रमुख अतिर्थी एवं कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरपालिकाले कुनै पनि बालिका अभिभावक बिहीन भएर अध्ययन छोड्न नपर्ने बताउनु भयो । यस कार्यक्रमलाई निरन्तरता दिने बताउदै मेयर रेग्मीले गरिबी र अभिभावक बिहीन हुदैमा कुनै पनि बालिकाहरु शिक्षाको उज्यालो बाट टाडा बस्नु नपर्ने भन्दै शैक्षीक सामाग्री सहयोग गरिएको बताउनु भयो ।
कार्यक्रममा उपमेयर एवं कार्यक्रमकी प्रमुख अतिर्थी बिमला तामा·ले यस कार्यक्रमलाई आफ्नो कार्यकालभरी निरन्तरता दिने बताउनु भयो । अभिभावक विहीन छोरीहरुको लागि आफु अभिभावक सरह भएको बताउदै उपमेयर तामा·ले नगरपालिका भित्र रहेका सबै सामुदायीक विद्यालयमा यस कार्यक्रमले निरन्तता पाउने बताउनु भयो । छोरी पढे समाज शिक्षीत हुने भन्दै उहाँले छोरीलाई पढाउने कुरामा नगरपालिका सधै सबैको साथमा रहेको बताउनु भयो ।
सो अवसरमा रेडक्रमसग्राम आधारभूत विद्यालयका २७ जना, पृथ्वी मावि. का २६ जना, आधारभूत विद्यालय न्यूरेनीका १२ जना र जुटपानी आधारभूत विद्यालयका ४ जना गरी ६९ जना बालिकाहरुलाई कपी र कलक सहयोग गरिएको थियो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















