0Shares

नेकपा एमालेबाट चितवनका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुसँग प्रेस चौतारी चितवनले अन्तरसम्वाद गरेको छ ।
निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूका बीचमा प्रेस चौतारी चितवनमा आवद्व पत्रकारहरुलाई राखेर शनिबार “जनप्रतिनिधिसँग प्रेस चौतारी“ कार्यक्रम आयोजना गरिएको हो । गएको स्थानीय तहको निर्वाचनकेन्द्रीत कार्यक्रमको समीक्षा गर्दै प्रेस चौतारीको सस्थागत विकास, चौतारी सम्बद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि र जनप्रतिनिधिसँगको संस्थागत सहकार्य कसरी र के का लागि गर्ने भन्ने उद्देश्यसहित कार्यक्रम लक्षित थियो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिले बिकास, सुशासन र पारदर्शीतालाई मुलमन्त्र बनाएर अघि बढ्ने साझा प्रतिवद्दता समेत ब्यक्त गरेका छन् ।
उनीहरुले जनचाहना अनुरुपका काम शुरु गरेको पनि जनाएका छन् ।

कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले निर्वाचनमा एमालेले पाएको सफलतालाई कम आँकलन गर्न नहुने र एमाले सधैँ पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध भएको बिचार व्यक्त गर्नुभयो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारी र जनपं्रतिनिधिहरुको राम्रो सहकार्य हुनुपर्ने र यसो हुन सकेको खण्डमा चितवनको पत्रकारिताले पनि राम्रो अवसर पाउने धारणा राख्नुभयो । पत्रकारिताको क्षेत्रमा प्रेस चौतारीले राम्रो भूमिका निर्वाह गरेको चर्चा गर्दै जिसस प्रमुख नारायण प्रसाद अधिकारीले पत्रकारिताको संस्थागत विकासका लागि सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले पालिकाको सर्वाङ्गिण बिकास, शुसासन निर्माण र पारदर्शीता कायम गर्न कुनै कसर बाकि नराखिने बताउनुभयो ।
बिकासका काममा हुनेगरेका ढिलासुस्ती रोक्न अभियान नै थालेको रेग्मीले बताउनुभयो ।
पालिकमा प्रेस मैत्री वातावरण कायम गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्दता पनि ब्यक्त गरे ।
माडी नगरपालिकाका मेयर ताराकाजी कुमारी महतोले बिकास निर्माण , सुशासन संगै प्रेस मैत्री कार्यसञ्चालनमा आफुहरु सचेत रहेको बताउनुभयो ।
रत्ननगर नगरपालिकाका उप(मेयर यादवप्रसाद पाठकले जनप्रतिनिधिले गर्ने राम्रा कामको उजागर र खराब कामको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ईच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङ लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।
“हामी अत्यन्त ईमान्दारीपूर्वक जिम्मेवारी निभाउने छौ, राम्रा कामको उजागर र नराम्रो भएको छ भने आलोचना गरिदिनुस् ।” पाठकले भन्नुभयो ।
एमाले पार्टीले गरेको बिश्वास र आम जनताले गरेको भरोसा टुट्न नदिने प्रतिवद्दता जनप्रतिनिधिहरुको थियो ।

कार्यक्रममा प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलले जनप्रतिनिधिहरुसँग प्रेस चौतारी र यसमा आवद्ध पत्रकारहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा आफ्नो अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
पोखरेलको अवधारणा पत्रमा कार्यक्रमको उद्देश्यसहित निर्वाचनमा संक्षिप्त समीक्षा र प्रेस चौतारीले आफ्ना जनप्रतिनिधिले राखेका विषयहरु उल्लेख थियो ।
प्रेस चौतारी जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शिशिर सिंखढा, शालिग्राम नेपाल, प्रतिमा सिलवाल, तीर्थ नेपाल, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, बागमती प्रदेश सदस्य कृष्ण खनाल ,रामकान्त पौडेल लगायतले जनमैत्री शासन र प्रेस मैत्री वातावरणकालागि जनप्रतिनिधिहरुलाई सुझाव ब्यक्त गर्नुभयो ।
कार्यक्रममा चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव मुकुन्द भुषालले गर्नुभएको थियो ।
चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख, ३६ वडाध्यक्ष, ५४ महिला सदस्य, ५१ दलित महिला सदस्य र ९४ खुल्ला सदस्य जितेर नेकपा एमाले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement