0Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने लगभग पक्का देखिएको छ ।  केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए । उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय मागे । तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिए ।

प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प को छ र ? खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’

उनले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने उल्लेख गरे ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement