107Shares

१४, जेठ / चितवन नेकपा एमाले चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले नारायणी नदी माथिको अहिलेको पुल जीर्ण भएकोले नयाँ पुल बनाउन सरकारसँग बजेट माग गरेका छन् । उनले २०३५ /०३६ सालमा बनेको पुल जीर्ण हुँदै गएकोले मुलुकको लाइफलाइनसँग जोडिएको विषय भएकोले नयाँ पुल बनाउनुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै सांसद पोखरेलले नारायणीमा थप २ पुल बनाउन सरकारको ध्यानार्कषण गराएका हुन् ।

राष्ट्रकै गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधिन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका बारेमा सरकारको नीति तथा कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने भन्ने उल्लेख भएको प्रति टिप्पणी गर्दै सांसद पोखरेलले रंगशाला बनाउन रकम चाँहिएको बताए ।

मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुग मार्ग बनाउने कार्यक्रम एमाले नेतृत्वको सरकारको पालामा आएको स्मरण गर्दै सांसद पोखरेलले सो काम अहिलेसम्म अगाडि बढ्न नसकेको बताए । उनले यसै बर्षभित्र यसको डीपीआर बनाएर काम थाल्न सरकारलाई आग्रह गरे ।

देउवा सरकार बनेदेखि ११ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोले सरकारले जनतामाथि अत्याचार गरेको भन्दैं सासद पोखरेलले किसानका लागि मलको सूनिश्चिता गर्न सरकार चुकेको बताए ।

कांग्रेसको सरकारले एउटै निर्णयबाट भृकुटी कागज कारखानासहित १६ वटा उद्योग कमिसनको लोभमा बेचेको आरोप लगाउँदै सांसद पोखरेलले अहिले देशभित्र प्राविधिक शिक्षालाई अस्तब्यस्त बनाएर बार्षिक ५० देखि ६० अर्व स्वास्थ्य शिक्षाका नाममा विदेश पठाउने खेल भैरहेको टिप्पणी गरे ।

107Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement