143Shares

शान्ता अधिकारी
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चितवनको कालिका नगरपालिकाबाट उपमेयरमा बिमला तामाङ्गलाई नेकपा एमालेले उम्मेदवार छान्यो । बिमलामा कालिका नगरपालिकामा रहेर विभिन्न संघ संस्थाहरु सफलता पूर्वक हाकेको अनुभव छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वारका रुपमा उनलाई नेकपा एमालेले टिकट दियो । फल स्वरुप आज आएको मतपरिणाममा बिमला कालिका नगरपालिकाको उपमेयरमा विजय हुन सफल हुनु भएको छ ।

मिसन र भिजन हुनुभएकी बिमला विशेष गरेर कालिकाका आम महिला दिदी बहिनीहरु माँझमा परिचित हुनुहुन्छ । महिलाहरुको क्षमता बिकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सवसभन्न संघ संस्था मार्फत खेलेको भूमिकाले नै आज यो विजय गराएको हो ।
वि. स. २०३५ साल मंसिर १५ गते तत्कालिन शक्तिखोर गाविसको जुटपानीमा बुवा टेक बहादुर तामाङ्ग र आमा आईतीमाया तामाङ्गको कोखबाट जन्म भएको हो बिमला तामाङ्गको । सानैबाट निडर र हक्की स्वभावकी बिमलामा केही गर्नुपर्छ भन्ने सोच आउने गर्दथ्यो । उहाँ बाल्यकाल सम्झदै भन्नुहुन्छ,“ विभिन्न आरोह र अवरोहका बिचमा बाल्यकाल र युवा अवस्था बित्यो । सधै नेकपा एमालेलाई संकट सतिसाल भएर उभिए । आज पाटीले उपमेयरको लागि सिफासि गर्दै गर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवागर्ने अवसर पाउछु भन्नेमा पूर्ण विश्वस्त छु ।” उहाँ थप्नुहुन्छ, “तामाङ्ग समुदाय आफैमा पछाडी परेको समुदाय हो । तर म भने बच्चाबाट नै निडर थिए । माईतमा आमा बुवाको साथ पाए भने विवाह पश्चात श्रीमानले साना साना नानी बाबु रेखदेख गरेर बस्ने म बाहीर हिड्ने वातावरण थियो । मलाई घर परिवारबाट सधै साथ सहयोग रहेको छ ।”
जनयुद्धको समयमा होस् वा २०६२ ६३ को जनआन्दोजनको समयमा हरेक परिस्थितिलाई दृढ आत्मविश्वासका साथ मुकाविला गरेर अगाडी बढ्नु भएकी बिमला घरमा साना लालाबालाई छाडेर महिला दिदी बहिनीहरुको हक हितमा तल्लिन भएकै कारण आज यो सफलता हात लागेको बताउनु हुन्छ । विगत सम्झदै उहाँ भन्नुहुन्छ,“ पारालिगल कमिटी शक्तिखोरको अध्यक्ष हुदाँ कयौ हिंसामा परेका महिलाहरुलाई न्याय दिन सफल भए । अन्र्तरजातिय विवाह गरेका जोडीहरुलाई प्रोत्साहन गरे अहिले पनि उनीहरु खुसी देख्दा त्यसै मन खुसी भएर आउछ । माओवादीको घर घरमा दादागिरी र ज्यादती हुन्थ्यो कहिले एक्लै त कहिले सामुहीक रुपमा प्रतिकार गर्न गईन्थ्यो ।”
नेकपा एमाले कालिका नगरपालिकाको सह ईन्चार्ज बिमलाले पाटीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी उहाँले विभिन्न संघ संस्थाहरु हाकेर महिलाहरुले पनि गर्न सक्छन् भन्ने उदारण पेश गर्नुभएको छ । नेकपा एमालेको वडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटिसम्म पुग्नु भएकी बिमलाले अनेमसंघमा रहेर दिदी बहिनीहरुसंग सामुहीक रुपमा काम गर्नुभएको छ भने आज कालिका नगरपालिकाको उपमेयर परिचय थपिएको छ । उहाँ भन्नुहुन्छ “महिलाको मुद्धाले छोईहाल्छ । कोही अन्यायमा परेको देख्न सक्दीन । न्यायको लागि ज्यान दिन पनि तयार छु ।” उहाँ अखिल नेपाल महिला संघको जिल्ला सचिवाय सदस्य हुनुहुन्छ । त्यसैगरी बागमति प्रदेशको दुग्ध बिकास वोर्डको वोड सदस्य, जुडपानी सामुदायीक वनको सहसचिव भएर काम गरेको अनुभव उहाँसंग छ ।
महिला दिदी बहिनीहरुलाई न्यायका साथ साथै आर्थिक रुपमा बलियो बनाउन पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।

 

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बिमला शक्तिखोरमा रहेका दिदी बहिनीहरुलाई समुहमा राख्दै थोरै भएपनि बचत गर्ने बानिको बिकास गराउन सफल हुनु भएको छ । त्यही सानो समुह अहिले प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी मार्फत अगाडी बढेको छ । महिलाहरुले आफुलाई आवश्यक पर्ने ऋण लिने र बचत गर्ने बानिको बिकास गराउन उहाँ महिनामा एक दिन समुह समुहमा दिदी बहिनीहरुलाई भेला गराएर बचत गराउदै आउनु भएको छ । करिब सात सय दिदी बहिनीहरुलाई प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी शक्तिखोर सेवा केन्द्रमा आवद्ध गराउदै आर्थिक रुपमा बलियो बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ । उहाँ समुह समुहमा महिलाहरु भेला गराएर उनीहरुको दुख सुख सुन्दै आर्थिक र निर्णाय क्षेत्रमा महिला सहभागिता गराउन तल्लीन हुनुहुन्छ ।

उपमेयरमा जित्दै गर्दा उहाँको मुख्य एजेन्टा समान सहभागित रहेको छ । हरेक क्षेत्रमा महिला पुरुषसाथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउने उहाँको पहिलो प्राथमिकता परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनै कमि नराख्ने उहाँ बताउनु हुन्छ ।

143Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement