बाबु आमाले हामीलाई छाडेर गए पनि सरकराले हेरेको छ
शान्ता अधिकारी
खैरहनी । रञ्जु नेपाली १६ वर्षको भईन । खैरहनी ११ मा रहेको उनको घरमा हामी पुग्दा उनी घरमा थिईनन् । दिदीले छिमेकीको घरबाट वोलाएर ल्याउदा उनको अनुहार मलिन थियो । उनले आफ्नो कोठामा लगिन् । मैले सोधे कतिमा पढ्छौ ? कक्षा सातमा आधार भूत विद्यालय पिद्रहनीमा पढ्छु भनीन् । घरमा को को हुनुहुन्छ भन्दा उनका आँखा रसाए । केही समय पछी दिदी, दाई र आफु बस्ने बताईन् ।
अति विपन्न परिवारमा जन्मेकी रञ्जुको बुबा २०७० सालमा भारतमा ड्रम कम्पनीमा काम गर्ने शिलसिलामा वित्नु भयो । उनी बुबाको हल्का अनुहार मात्रै याद आउने बताउँदै छेउमै रहेकी दिदीलाई हेरीन् । केही समय रोकीएपछी फेरी भनीन्, बाबा बिते पछी हामीलाई आमाले पनि छाडेर जानु भयो । हजुरआमासंग बसेका छौ । एउटा दाई छ चारमा पढ्दा पढ्दै घर खर्च चलाउन गाहे भएर काममा गएको छ । दाईले कमाएपछी केही सजिलो हुन्छ ”। यति भन्दै गर्दा उनका आँखा रसाएका छन् ।
उनलाई घरको अवस्था सोध्दा धेरै वोल्न मन नलागेको प्रष्ट हुन्छ । पढाई र भविष्यको बारेमा सोध्दा पढ्न धेरै मन लागेको बताईन । उनी भन्छीन् “सात कक्षासम्म त घर नजिकै रहेको आधारभूत विद्यालयमा पढे अव कठार जानु पर्छ ।” उनले चिन्ता व्यक्त गरीन, “के मा कसरी जाने हो थाहा छैन । पढेर आर्मी हुन मन लागेको छ । साईकल भए त साईकलमा जान्थे आर्मी हुन पनि सजिलो ।” यति भन्दै गर्दा उनको अनुहारमा केही खुसी छाएको छ । थप्छीन्, दिदी र बहिनी संगै जान पनि मिल्दैन । दिदीको त साईकल छ । उनको दिदी रविना नेपाली कठार माध्यामिक विद्यालयबाट अहिले एसईईको परीक्षा दिएर बसेकी छन् ।
यी दुवै दिदी बहिनीलाई पछिल्लो एक वर्ष देखी जेनतेन पढ्न भने सजिलो भएको छ । बागमति प्रदेश अन्र्तगतको सामाजिक बिकास मन्त्रालयले आमा बुवा नभएको बालबालिकालाई पढाई खर्च बापत वार्षिक त्ेह् हजार सात सय १५ रुपैया उपलब्ध गराउने गरेको छ । गत वर्षबाट सुरु भएको यस कार्यक्रमले गर्दा नेपाली दिदी बहिनीलाई स्कूल पोशाक, किताव कापी , खाजा खर्च पुगेको दिदी रविना बताउँछीन् ।
उनी भन्छीन्, हाम्रो कोही पनि छैन । एउटा भाई छ । हामी पढ्न थालेपछी उ काम गर्न गएको छ । उस्ले कमाएको पैसाले खान्छौ । हामिले पाउने पैसाले स्कूलमा चाहीने कुरा किन्छौ । हाम्रो बाबु आमाले हामीलाई छाडेर गए पनि सरकराले हेरेको छ ।
उनी भन्छीन् बाबु नभए पनि आमा थिईन । उनलाई हाम्रो मायाले रोकेन । गईन छोडेर । चाडपर्व आउदाँ धेरै याद अाँउछ । भाई बहिनीको म त छु मेरो को छ र । रविना अभिभावक नहुदाको पिडा सुनाउदै गर्दा भावुक भएकी छन् । छेउमै रहेकी बहिनीको आँखा रसाएका छन् । केही समयको मौनता पछि दिदी रविना भन्छीन्, “म त अव धेरै पढ्न पाउँदीन यो वर्ष मात्रै हो मैले पैसा पाँउने बहिनीलाई पढाउनु पर्ला ।”
प्रदेश सरकारले आमा बुवा नभएका १८ वर्ष मुनिका बालबालिकालाई वार्षिक रुपैमा १६ हजार रुपैया उपलब्ध गराउने गरेको छ। सो पैसाले रविना र रञ्जु जस्ता अनाथ बालबालिकाको पढाईमा सहयोग पुगेको खैरहनी नगरपालिकाकी महिला शाखा प्रमुख बताउँछीन् ।
बागमति प्रदेशले उपलब्ध गराउने सो रकम खैरहनी नगरपालिकामा आमा बुवा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वाथ्य र पोषणको लागि वार्षिक रुपमा तेह् हजार सात सय पन्ध्र रुपैया उपलब्ध गराईएको सामाजिक शाखा प्रमुख मेनेजर महतोले बताए । उनका अनुसार खैरहनी नगरपालिकाले सात जना बालबालिकालाई सो रकम उपलब्ध गराएको छ ।
सो रकले उनीहरुको पढाई र खानामा धेरै सहयोग गरेको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी बताउँछन् । उनी भन्छन्, “केही नभएका अनाथ रहेका बालबालिकाहरु सरकारी विद्यालमा पढ्ने हुँदा पढ्न र पोषणयुक्त खाने कुरा खान केही हदसम्म भए पनि सहयोग पुगेको छ । हामिले समय समयमा ति बालबालिकाको अनुगमन पनि गर्ने गरेका छौ । ”


















