0Shares

काठमाडौं, चैत ६-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड(१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै पीसीआर तथा जिन सिक्वइन्सको नेगेटिभ रिपोर्ट नभएका याुत्रहरूको पीसीआर गराउन निर्देशन दिएको हो ।

त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।

पाँच वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा कोभिडसँग मिल्दा जुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण गराउनुपर्ने भएको हो ।

सीमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरूको स्क्रिनिङ्का लागि यात्रुको कोभिडको परीक्षणलगायतका अन्य संक्रामक रोगहरूको समेत परीक्षण गराउन सकिने सहप्रवक्ता अधिकारीले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement