0Shares

नारायणगढ ६ चैत । नेपाली काँग्रेस ‘घरघर जाऊँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आज भरतपुर ३ नारायणगढको लायन्स चोक, शहिदचोक, प्रेसमार्ग टोल अन्तर्गत टोल ईकाई समिति गठन भएको छ ।

नेपाली काँग्रेस वडा नं ३ का वुथ कमिटिका उपसभापति नारायण पौडेलको संयोजकत्वमा सम्पन्न भेलाले वेदप्रकाश पण्डितको संयोजकत्वमा ७ सदस्यीय टोली कमिटी गठन गरेको हो ।

घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान टोल कमिटीका सहसंयोजकमा अशोक प्रधान तथा सदस्यहरुमा जीवन सरावगी, मैया प्रधान, वीरेन्द्र श्रेष्ठ, किरण कसजु, मलेन्द्र बज्राचार्य चयन हुनुभएको छ ।

नेपाली काँग्रेस वडा नं. ३ का सभापति तारामित्र पण्डितले कार्यक्रमको बारेमा प्रकाश पार्दै काँग्रेस एकजुट भएर निर्वाचन केन्द्रित हुन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement