0Shares

२१ फागुन, चितवन :
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन शनिवार हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

मतदान शनिबार मध्याह्न १२ः३० बजे देखि अपराह्न ४ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको मतदानमा राजेश्वर खनालले सर्वाधिक ७ सय ४६ र मिलनबाबु श्रेष्ठ ६ सय ६२ मत प्राप्त गरेका थिए । यसैगरी अन्तिम परिणाम अनुसार उत्तम जोशीले ४७३, सुर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका छन् ।

खनाल डा. शेखर कोइराला समूह र श्रेष्ठ शेर बहादुर देउवा प्यानलका उमेदवार हुन । पहिलो चरणको चुनाबमा कम मत ल्याएका इतर समूहका सम्पूर्ण उमेदवारले खनाललाई समर्थन गर्ने डा. शेखर समूहले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement