प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से
0Shares
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २.३६ अंक बढेर २७०३.३५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ११ कम्पनीको १६ लाख ४४ हजार ९९५ रुपैयाँ बराबरको २ हजार ९६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















