0Shares

चितवन, फागुन २-

चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

 

चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको ज्यान गएको हो । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृतक गुरुङको तीन वर्षीय छोरी र श्रीमान् घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement